“सिद्धार्थ बैंकको साधारण सभा: ४% नगद लाभांश पारित, नयाँ नेतृत्व चयन” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

“सिद्धार्थ बैंकको साधारण सभा: ४% नगद लाभांश पारित, नयाँ नेतृत्व चयन”



काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले बैंकको चुक्ता पूँजी रू. १४ अर्ब ८ करोड ८९ लाख ८० हजार १८५ को ४ प्रतिशतका दरले रू. ५६ करोड ५५ लाख ९१ हजार २०८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस नगद लाभांशमा कर प्रयोजनका लागि समेत समावेश गरिएको छ।

साधारण सभामा बैंकको सञ्चालक समितिमा नयाँ सदस्यहरूको चयन गरिएको छ।

निर्विरोध निर्वाचित सञ्चालकहरू:

संस्थापक शेयरधनी समूहबाट:

राहुल अग्रवाल

दिनेश शंकर पालिखे

विरेन्द्र कुमार शाह

सर्वसाधारण शेयरधनी समूहबाट:

अंकित केडिया (प्रतिनिधि – लेभरेज होल्डिङ्ग्स प्रालि)

भोजन अर्याल (प्रतिनिधि – रिनुवल इन्भेष्टमेन्ट प्रालि)

साधारण सभाले बैंकको सञ्चालन र भविष्यका योजनाहरूलाई थप सुदृढ बनाउने निर्णय गरेको छ।

प्रकाशित : २८ पुष २०८१, आईतवार २१:१८