भिजन लुम्बिनीको अध्यक्षमा दोस्रो पटक पोखरेल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भिजन लुम्बिनीको अध्यक्षमा दोस्रो पटक पोखरेल निर्वाचित



बुटवल । भिजन लुम्बिनी लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको साधारण सभा बुटवलमा सम्पन्न भएको छ । भिजन लुम्बिनी लिमिटेडको नवौँ साधारण सभाले अध्यक्षमा पुनः जगत पोखरेललाई नै निर्वाचित गरेको छ ।

त्यस्तै, ऊर्जा कम्पनीको पाँचौँ र छैठौँ साधारण सभाले सञ्चालक समितिका सदस्यहरु मात्रै चयन गरेको छ । उर्जा कम्पनीको अध्यक्षपछि चयन गरिने भएको छ ।

दुवै कम्पनीका संस्थापक अध्यक्ष पोखरेलले दुवै कम्पनीका लगानीलाई पारदर्शी र अति मेहनेतका साथ परिचालन गरिएको र उल्लेख्य प्रगति भएको विवरणहरु साधारण सभामा पेश गरे । निरन्तर लगाव, निरन्तर मेहनेत र निरन्तर समर्पणबाटै सकारात्मक परिणाम आएको उनको भनाइ थियो ।

प्रकाशित : २८ पुष २०८१, आईतवार १२:३३