पुतलीसडकमा आइसीसीसी क्यानडा समिट, तीन सय विद्यार्थी सहभागी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

पुतलीसडकमा आइसीसीसी क्यानडा समिट, तीन सय विद्यार्थी सहभागी

काठमाडौं ।  ‘क्यानडा समिट २०२५’ मा तीनसय बढी विद्यार्थीले अवलोकन गरेका छन् । पुतलीसडक स्थित आइसीसीसीको आयोजनामा सम्पन्न समिटमा विद्यार्थीहरूले क्यानडा अध्ययन सम्बन्धी जिज्ञासा राखेका थिए ।

आइसीसीसीका एमडी राम खड्काका अनुसार समिटले क्यानडा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि महत्त्वपूर्ण ज्ञान र अवसर प्रदान गरेको थियो ।

समिटमा क्यानडाका प्रसिद्ध शैक्षिक संस्थाहरू सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेजका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने अवसर सहभागीले पाएका थिए।

उनीहरूले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी प्राप्त गर्नुका साथै विशेषज्ञहरूसँग आफ्ना शैक्षिक योजनाहरूमा मार्गदर्शन लिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि समिटले आफूहरूलाई क्यानडा अध्ययन सम्बन्धी महत्त्वपूर्ण जानकारी उपलब्ध गराएको भन्दै आयोजकलाई धन्यवाद दिए।

‘धेरै परामर्शदाताहरूले विदेश जानका लागि मात्रै प्रेरित गर्ने गरेका छन्। तर, आइसीसीसीले भने क्यानडाको वास्तविक अवस्था जानकारी गराई तयारी गराएको छ,’ उनीहरूले भने।

क्यानडामा अध्ययन गर्नका लागि आइसीसीसी उत्कृष्ट छनोट रहेको उनीहरूको साझा धारणा थियो। कार्यक्रममा सहभागिता जनाएका कलेजका प्रतिनिधिहरूले पनि आफूहरूले अपेक्षा गरेभन्दा धेरै उत्साहित सहभागीहरू भेटेकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले  आफ्नो अध्ययन र करियरका लागि सधैँ चासो राख्ने विषयहरूमाथि गहन प्रश्न सोधेका थिए । यस्तो कार्यक्रमले सही दिशा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समिटमा उपस्थित विद्यार्थीले बताए ।

आइसीसीसीले भविष्यमा यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कलेजका प्रतिनिधिहरूले पनि आइसीसीसी सँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने बताए।

प्रकाशित : २६ पुस २०८१, शुक्रबार १७:१२ 10 January, 2025 5:12 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।