काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको रु.१०० अंकित दरका कूल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो। सेबोनले कम्पनीलाई पुस २५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।
आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
Comment