काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले बनाउनैपर्ने कानुनहरु सदनमा नआएको बताएका छन् । परिवर्तन भइरहने प्रधानमन्त्री र मन्त्रीका कारण कानुन निर्माणमा ढिलाइ भएको बताए ।
विहीबार काठमाडौंमा आयोजित आवाज विहीनहरूको आवाज बोल्ने ‘सद्गमय रियालिटी सो’को घोषणा कार्यक्रममा उनले धेरै विकास योजनाहरु सञ्चालन भएपनि कुनै पूर्ण नभएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘अहिलेसम्म यति धेरै विकास योजनाहरु सञ्चालन गरेका छौं । कुनैपनि पूर्ण हुदैँन् । मेलम्ची बनाउन थालेको २४ वर्ष भयो, ६५ अर्ब खर्च भइसकेको छ । काठमाडौंमा पानी आउदैँन् । सरकार छ, नेता छ, फेरि फेरि मन्त्री बनेको छ, प्रधानमन्त्री बनेको छ । कानून सदनमा ल्याउनु पर्दैन् ।’
यसका साथै, उनले राजनीतिक बाटो अन्त्य हुन्छ भनेर सम्झौता गर्ने की युवाहरु नेपालविहीन भएको कुरा सोच्ने भन्ने विषय सबैभन्दा ठूलो चुनौती भएको बताए । यस्तै, नेकपा एमालेका सचेतक पदम गिरिले जनतामा आशा जगाउन सक्दैँनौ र सही र गलत छुट्याउन नसक्ने अवस्थामा नागरिकहरु पुगे भने त्यसले मुलुकलाई नोक्सान बाहेक केही नदिने बताए ।
सोही क्रममा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आजको समाज, मिडिया र विचारहरुले कस्तो पुस्ता खडा हुनेहोला भन्ने डरलाग्दो विषय बनिरहेको बताइन् । उनले भनिन्, ‘आजको समाज, मिडिया र विचारहरु जुन अवस्थामा छ योबाट कस्तो पुस्ता खडा भइरहेको होला भन्ने डर छ । मिडिया क्षेत्रमा भएका सबै जनाले आफूले बनाएको सामग्री छोराछोरीले पनि हेर्छन् भनेर सोचर मात्र बनाउनु होला ।’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निसा डांगीले पत्रकारिताप्रति नकरात्मकता छाएको भन्दै पत्रकारिताको मूल दायित्व के हो त्यो विस्तारै बिर्सिदै गएको बताइन् ।
Comment