सेयर बजार १८.१४ अंकले घट्याे, काराेबार रकममा भने बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार १८.१४ अंकले घट्याे, काराेबार रकममा भने बृद्धि



काठमाडौं । आज साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ। आज बजार १८.१४ अंकले घटेर २६३५.०९ को विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स २.९७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंक घटेको छ।

आज ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन छ अर्ब ४० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०८ कम्पनीको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ३० करोड माथिको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९९ प्रतिशत, वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९३ प्रतिशत घटेको छ। आज विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिनर्जी कम्पनीको २८ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको २५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बाराही हाइड्रोपावर पब्लिक र हिमालयन पावर पार्टनरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित : २५ पुष २०८१, बिहीबार १५:२६