काठमाडौं । ठूलोखोला हाइड्रोपावर लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाले प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने भएको छ । सभाबाट संचालक समिति सदस्यमा युवा ऊर्जा उद्यमी धिराज कार्की निर्वाचित भएका छन् ।
सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट भए गरेका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी सभाले संचालक समितिका सदस्यहरूको बैठक भत्ता तथा सुविधाहरू तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरूको पहिचान गरी लगानी गर्न संचालक समितिलाई अख्तियारी दिने र प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ । यस कम्पनीले माग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्बर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले यस आयोजना २०८२ को वैशाख महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले बताए ।
Comment