काठमाडौं । बुधबार नेप्से परिसूचक उकालो लागेको छ। आज बजार ६.३८ अंक बढेर २६५३.२३ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ।
आज १३९ कम्पनीको मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार पाँच अर्ब ३८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०५ कम्पनीको एक करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर किनबेच हुँदा छ अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। आज सबैभन्दा धेरै न्यादी ग्रुप पावरको कारोबार भएको छ। आज यस कम्पनीको २२ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सुपर मादी हाइड्रोको १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, चिरख्वा हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । न्यादी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढी बढेको छ। यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
Comment