ङादी ग्रुप पावरको हकप्रद सेयर निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ङादी ग्रुप पावरको हकप्रद सेयर निष्कासन



काठमाडौं। ङादी ग्रुप पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गरेको हो।

लगानीकर्ताले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका विराटनगर,विरगञ्ज,नारायणगढ,पोखरा,बुटवल,नेपालगञ्ज,धनगढी र सुर्खेत शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

कम्पनीले हकप्रद सेयरका निष्कासनका लागि गत मंसिर १८ गते बुक क्लोज गरेको थियो । यसर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति माघ १४ गते गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : २३ पुष २०८१, मंगलवार १३:०६