सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति ?



काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले पुस २२ गते देखि लागु हुने गरी भाडादर बढाएको हो।

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधन दुबैको भाडा वृद्धि गरेको हो ।

आज तोकिएको नयाँ भाडा दर अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ । यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशतले वृद्धि गराइएको छ ।

विभागका अनुसार तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा भने ०.०५ प्रतिशतले बढाउने निर्णय भएको छ । त्यस्तै, यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको छ ।

प्रकाशित : २२ पुष २०८१, सोमबार १७:४८