सेयर बजारमा हरियाली, नेप्से ४९.१२ अंक उकालो लाग्दा ६ अर्ब ३० करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा हरियाली, नेप्से ४९.१२ अंक उकालो लाग्दा ६ अर्ब ३० करोडको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८  बिन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन पनि बजार ५.३२ अंकले बढेर २५९१.५६ को विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ६.६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ।

आज कारोबारमा आएका २२६ कम्पनीको सेयरमूल्य बढेको छ भने १२ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै आज ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

सेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन आइतबार चार अर्ब ८६ करोडको सेयर कारोबार भएकोमा आज ३१२ कम्पनीको एक करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच हुँदा छ अर्ब ३० करोडको सेयर कारोबार भएको छ ।

आज एनआरएनको २९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शाहस उर्जाको १३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सुपर मादी हाइड्रोका लगानीकर्ताले पनि आज मनग्य कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका सेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचक ३.५५ प्रतिशत बढेको छ। त्यस्तै लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

त्यसैगरी, बैंकिङ्ग, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित : २२ पुष २०८१, सोमबार १५:२६