नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको पानी पुग्छ : मन्त्री यादव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नयाँ पाइपलाइन बिच्छाएका ठाउँमा चाँडै मेलम्चीको पानी पुग्छ : मन्त्री यादव



काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइप लाइनहरु बिच्छाइएका ठाउँहरुमा चाँडै मेलम्चीको शुद्ध पानी बितरण गरिने बताएका छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले काठमाडौंका अधिकांस ठाउँहरुमा खानेपानीका नयाँ पाइपलाइन बिच्छाउने कार्य करिब करिब अन्तिम चरणमा पुगेकाले चाँडै नै ति लाइनहरुबाट मेलम्चीको शुद्ध पानी बितरण गरिने बताएका हुन् ।

उनले भने, ‘नयाँ पाइपलाइन बिस्तारको कार्य करिब करिब सकिएर अहिले परीक्षणको काम हुँदैछ । केही दिन धैर्य गर्नुस् नयाँ पाइप लाइन बिस्तार भइरहेका ठाउँमा म आफैं अनुगमनका लागि खटिदै आएको छु । अब सबैको घरघरमा नयाँ पाइप लाईनबाट मेलम्चीको पानी पठाउने छाँै ।’

सोही क्रममा मन्त्री यादवले एक महिला भित्र काठमाडौँ उपत्यका भित्र जहाँ जहाँ नयाँ पाइप लाइन बिस्तार गरिएको छ । त्यो क्षेत्रमा मेलम्चीको पानी बितरण गरिने दाबी समेत गरे ।

यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप लाईनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरुलाई निर्देशन दिएको बताए । सञ्चारकर्मीहरुसँगकै कुराकानीमा मन्त्री यादवले सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइपहरु भत्काइएका र फुटाइएका भएपनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा काठमाडौँ उपत्यकामा खानेपानी बितरण प्रक्रियामा निकै कठिनाइ उत्पन्न भएको गुनासो गरे ।

प्रकाशित : २१ पुष २०८१, आईतवार १८:२२