सामान्य अंक बढ्यो नेप्से, काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सामान्य अंक बढ्यो नेप्से, काराेबार रकममा पनि सुधार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । आज बजार नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को विन्दुमा कायम भएको छ । त्यस्तै फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ।

आज १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेप्सेसँगै आज काराेबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार चार अर्ब ६० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८६ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिभर फल्स पावरको १७ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर र दोर्दी खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ९.४४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.८८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित : २१ पुष २०८१, आईतवार १५:२८