गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन, कहिलेसम्म आवेदन दिन सकिन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गार्डियन माइक्रो लाइफको आईपीओ निष्कासन, कहिलेसम्म आवेदन दिन सकिन्छ ?



काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिएको हो ।

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको सर्वसाधारणका लागि खुल्ला गरेको हो ।

जम्मा १०० रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २४ गते र ढिलोमा माघ ६ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा त्रिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी डबल माइनस’रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्नेमा मध्यम जोखिमलाई जनाउँछ ।

प्रकाशित : २१ पुष २०८१, आईतवार ११:५५