महुली लघुवित्तको एफपीओ बाँडफाँटकाे मिति तय, सेयर पाउने भाग्यमानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महुली लघुवित्तको एफपीओ बाँडफाँटकाे मिति तय, सेयर पाउने भाग्यमानी कति ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको फर्स्ट पब्लिक अफरिङ (एफपीओ) शुक्रवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०.३० बजे नयाँ बानेश्वर काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने भएको हो ।

सिडिएस क्लियरिङ्गका अनुसार लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ ।

जसमध्ये ४७ हजार ५४४ आवेदकले सेयर पाउँनेछन् भने १७ लाख ३८ हजार ३०९ आवेदनको हात रित्तो हुनेछ। कम्पनीले पुस ५ गतेदेखि ९ गतेसम्म ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर निष्कासन गरेको थियो।

प्रकाशित : १८ पुष २०८१, बिहीबार १२:३५