काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंकको कुल ८२ लाख ६३ हजार ३८९ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
Comment