सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० को विन्दुमा कायम भएको छ। त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ४.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक घटेको छ।

आज २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ ।

आज नेप्सेमा ३०८ कम्पनीको एक करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ६७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १७ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज बजार घट्दा १२ वटा उपसमूहमा गिरावट आएको छ भने एउटामा मात्रै बढोत्तरी देखिएको छ। आज अन्य समूह ०.०६ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ।

प्रकाशित : १६ पुष २०८१, मंगलवार १५:२३