काठमाडौं । प्रवासका नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा संगठन (युएनडीओ)को सभापतिमा सोनाम लामा चयन भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा नेपाली मुलका अमेरिकी लामा सर्वसम्मत चयन भएका हुन् ।
महासचिवमा भने अष्ट्रेलियाका कुशल केसी चयन भएका छन् । उनी यसअघिको तदर्थ समितिमा कोषाध्यक्ष थिए । उपसभापतिमा प्रेम गाहा मगर, शशी चन्द्र अधिकारी, पासाङ रिन्जी शेर्पा, भोमा देबी लिम्बु र यम कुमार गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सचिवमा संगीता कार्की कुवँर र कोषाध्यक्षमा उल्का प्रसाद घिमिरे चयन भएका छन् । यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र वार्षिक साधारण सभा शनिबारदेखि काठमाडौँमा सुरु भएको थियो ।
महाधिवेशनका लागि विश्वभरबाट प्रवासी नेपालीहरु काठमाडौं आएका थिए । गैर आवासीय नेपाली संघ९एनआरएनए०विभाजित भएपछि एनआरएनएकै अभियन्ताहरुले स्थापना गरेको यूएनडीयो महाधिवेशनमा एनआरएनएकै पूर्वअध्यक्ष शेष घले, अभियन्ता जमुना घले, पूर्वउपाध्यक्ष सोनाम लामालगायत संस्थाको प्रवद्र्धनमा सहयोग गर्दै आएका थिए ।
‘दिगो नेपालका लागि डायस्पोरा संलग्नता’ नाराका साथ सुरु भएको महाधिवेशनमा विभिन्न विषयमा प्यानल डिस्कसन चलाइएको थियो । मार्च २०२२ मा काठमाडौंमा गैरआवासीय नेपाली संघका अग्रज एवम अभियन्ताहरुको अगुवाइमा यूएनडिओ नामको संस्था स्थापना गर्नुपर्ने निष्कर्षमा संस्था स्थापना गरिएको थियो ।
दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लागेको र कानुनी रुपमा सर्वोच्च अदालतमा ढोका ढकढक्याउँदा यूएनडिओ नामको संस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश अनुसार संस्था दर्ता प्रक्रिया अघि बढेको थियो ।
Comment