काठमाडौं । पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक २१.१२ अंक घटेर २६०९.५८ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.४६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार पाँच अर्ब ३२ करोड रुपैयाँब राबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३१६ कम्पनीको पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँबराबरको एक करोड १० लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ।
आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज २६ करोड १० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, जानकी फाइनान्सको १६ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
Comment