आईपिओ निष्कासन गर्न स्वर्णिम होटलले डाक्यो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आईपिओ निष्कासन गर्न स्वर्णिम होटलले डाक्यो साधारणसभा



काठमाडौं । स्वर्णिम होटलले २०८०/८१ को वार्षिक साधारणसभा गर्ने भएको छ । होटल सञ्चालक समितिले सभा आगामी पुस २९ गते काठमाडौं–५ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो १ बजेबाट सुरु गर्ने निर्णय गरेको हो।

सभाले सर्वसाधारणका लागि आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्नेछ।

प्रकाशित : १२ पुष २०८१, शुक्रबार १८:१८