काठमाडौं । विराटनगर- एभरेष्ट बैंक लिमिटेडको १३०औं र १३१औं शाखा शुभारम्भ भएको छ । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ मिति २०८१/९/११ गतेका दिन फिदिम नगरपालिका वडा नं.१, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको छ ।
यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहक महानुभावहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।
देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
Comment