काठमाडौं । अपि पावर कम्पनीले दार्चुला पावरमा लगानी गर्ने भएको छ । कम्पनीले आफ्नो सहायक कम्पनी दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा रहेको दार्चुला पावरमा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवर्द्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ लगानी गरी सो कम्पनीमा बहुमत सेयर कायम गर्ने निर्णय गरेको छ ।
कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो लगानीका लागि कम्पनीको २१औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको थियो ।
Comment