काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले साउनदेखि मंसिरसम्मको अवधिमा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको हो।
त्यसैगरी यस अवधिमा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु आयात गरेको छ जुन गत वर्षको यसै अवधीको तुलनामा ३ प्रतिशत बढी हो। अघिल्लो वर्षको पाँच महिनामा नेपालले ६ खर्ब ४२ अर्ब २ करोड रुपैयाँ बराबरको आयात गरेको थियो।
तर, निर्यातमा भने सुधार आएको छ। ५ महिनामा १६.५ प्रतिशतले निर्यात वृद्धि भएको छ। यस वर्षको ५ महिनामा नेपालले ७३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६३ करोड २० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
Comment