घोराही सिमेन्टले हकप्रद सेयर निष्काशन गर्ने, साधारण सभा पुस २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घोराही सिमेन्टले हकप्रद सेयर निष्काशन गर्ने, साधारण सभा पुस २७ गते



काठमाडौं । घोराही सिमेन्ट इन्डष्टि लिमिटेडले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले १० बराबर ७.५ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका तीन अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको तीन करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ। कम्पनीले दाङ जिल्ला घोराही उपमहानगरापलिका वडा नं. १५, भरतपुरमा अवस्थित होटल पौवामा बिहान ९ बजे साधारण सभा बोलाएको हो।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन पाउने छन् ।

प्रकाशित : ७ पुष २०८१, आईतवार १२:३७