नेपाल टेलिकमले डाक्यो वार्षिक साधारणसभा, के-के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल टेलिकमले डाक्यो वार्षिक साधारणसभा, के-के छन् एजेण्डा ?



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले लाभांश प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले १७ औं साधारण सभा पुस २८ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि डाकेको हो।

उक्त सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश(कर समेत) प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रकाशित : 22 December, 2024 10:50 am