एनआरएनएको दशौँ एकता महाधिवेशन मे ३–५ मा काठमाडौंमा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनआरएनएको दशौँ एकता महाधिवेशन मे ३–५ मा काठमाडौंमा हुने



काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३–५, २०२५ ९२०८२ बैशाख २०–२२० मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । उच्चस्तरीय समितिको भर्चुअल माध्यमबाट सम्पन्न दोस्रो बैठकले महाधिवेशनको मिति र अन्य महत्वपूर्ण निर्णयहरू लिएको समितिका एक सदस्यले जानकारी दिए ।


बैठकले समितिको सचिवालयमा रबिना थापा, जानकी गुरुङ, कुमार पन्त र कुल आचार्यलाई थप गर्दै सचिवालयलाई चार सदस्यीय बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि ९टर्म्स अफ रेफरेन्स० निर्माण गर्न एक समिति गठन गरेको छ।

उक्त समितिमा डा। उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवरसहित परराष्ट्र र कानून मन्त्रालयका प्रतिनिधि रहनेछन् । कार्यविधि निर्माण समितिले महाधिवेशन आयोजना तथा सञ्चालनसम्बन्धी आवश्यक सुझाव आगामी बैठकमा पेश गर्नेछ ।


साथै, संघको एकीकृत महाधिवेशन सम्पन्न गर्न सबै पक्षसँग आवश्यक छलफल तथा संवाद गर्न जीवा लामिछाने, रामप्रताप थापा, भीम उदास र कुमार पन्तलाई जिम्मेवारी दिइएको छ ।

बैठकले गैरआवासीय नेपाली संघको सदस्यता वितरण खुला गर्दै एकीकृत महाधिवेशन सम्पन्न गर्न आवश्यक समन्वयका लागि सबै राष्ट्रिय समन्वय परिषद ९एनसीसी० लाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

महाधिवेशन सफल बनाउन संघले सबै पक्षसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : ३ पुष २०८१, बुधबार १५:२१