नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता



काठमाडौं। नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका हुन्।

इर्खुवा हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ ।

प्रकाशित : २४ मंसिर २०८१, सोमबार १०:१८