जलश्रोतको दोस्रो धनि देश भएर पनि खाने पानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था छःमन्त्री यादव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जलश्रोतको दोस्रो धनि देश भएर पनि खाने पानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था छःमन्त्री यादव



काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले जलश्रोतको दोस्रो धनि देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद् रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशन सहितको छैठौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले, सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्ने भएतापनि अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा चुनौतीहरु रहेको बताए । 

उनले भने,‘नेपालको आर्थिक सामाजिक विकासमा खोनपानी र सरसफाई क्षेत्रको महत्व हामी सबैलाई अवगत नै छ । सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको जग निर्माण गर्दछ । तर अझै खानेपानी तथा सरसफाईको क्षेत्रमा केही चुनौतीहरु यथावत नै छ । जलश्रोतको धनि देश नेपाल भनेर गरौव गछौं तर जनता पानीको लागि आन्दोलन गर्छन् ।’

उनले खानेपानी तथा सरसफाईको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणकासाथ अगाडी बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकोमा धन्यवाद दिए । 

मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भन्दै महासंघ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उनको भनाई छ ।

प्रकाशित : २३ मंसिर २०८१, आईतवार १५:२७