मिथिला लघुवित्तले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मिथिला लघुवित्तले गर्यो लाभांश घोषणा



मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२८६ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ०.७१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर २० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित : 6 December, 2024 12:32 pm