६ सय रुपैयाँले घट्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

६ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज बढेको छ । यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको छ ।

प्रकाशित : 6 December, 2024 11:12 am