बैंक अफ द इयर २०२४ बन्यो सिटिजन्स बैंक इन्टरनेसनल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक अफ द इयर २०२४ बन्यो सिटिजन्स बैंक इन्टरनेसनल



काठमाडौं । सिटिजन्स बैंक इनटरनेसनलले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ । द फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२४ का लागि बैंकलाइ सो अवार्ड प्रदान गरेको हो। 

बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा यो अवार्ड ग्रहण गरे । 

द फाइनान्सियल टाइम्सले विश्वभरका १२०  मुलुकबाट एक/एक वटा बैंकलाइ विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरेको हो । नेपालको तर्फबाट सिटिजन्स बैंकले बैंकिङ क्षेत्रमा उत्कृष्टता, नवीनता र दिगो विकासमा बैंकको महत्त्वपुर्ण योगदान सहितको उत्कृष्ट वित्तीय सेवाको कारण प्राप्त गरेको बैंकको दाबी छ ।

‘बैंक अफ द इयर’ अवार्ड सन १९२६ देखि हरेक वर्ष विश्वभरका उत्कृष्ट बैंकहरूलाई वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा द बैंकर म्यागजिनले प्रदान गर्दै आएको छ ।

प्रकाशित : २० मंसिर २०८१, बिहीबार १२:५४