काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा जलविद्युतको जोखिम व्यवस्थापनबारे छलफल भएको छ ।
शुक्रबार प्राकृतिक प्रकोपबाट जलविद्युत योजनाहरु ध्वस्त भएका घट्ना, बीमाको सुविधा साथै भूकम्पीय जोखिम विषयमा बृहत छलफल भएको हो ।
रेनोल्ड्स जियो सोल्युसन लिमिटेड, युकेका प्रोफेसर जोन एम रेनोल्ड्सले जलविद्युत योजनाहरुको निर्माणमा विपद जोखिमका सम्बन्धमा बृहत छलफल र सचेतना आवश्यक भएको औंल्याए ।
कार्यपत्र प्रश्तुत गर्दै उनले योजनाहरुमा भूकम्पीय जोखिम, हिमनदी र जलवायु परिवर्तनको जोखिम, आधारभूत भू प्राविधिक विश्लेषण, जल एवम मौसम विज्ञान साथै पर्यावरण र सामाजिक प्रभावका सम्बन्धमा विशेष ध्यान दिनुपर्ने औंल्याए ।
Comment