सुदुरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रुपमा सलिको आबद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

सुदुरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रुपमा सलिको आबद्ध

नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कं. लि (सलिको) का बिचमा सलिको सुदुरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रुपमा रहने गरी सम्झौता भएको छ।

सलिकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा  सुदुरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री ज्युले सम्झौतामा हत्ताक्षर गर्नुभएको थियो। उक्त सम्झौता अन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरुको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ।

रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिको संगको आबद्धताले आफुहरु अत्यन्त उत्साहित भएको धारणा व्यक्त गरेका छन्। त्यस्तै सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदुरपश्चिम, नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान खेलाडिहरु उत्पादन गर्ने उर्वर भुमी का रुपमा रहँदै आएको कुरा उल्लेख गर्दै, बिशिष्ट प्रकारको संस्कृती, भाषा, रहनसहन र भौगोलिक सौन्दर्यताले भरिपुर्ण यस प्रदेशको गौरवलाई बोकेको टिम सुदुरपश्चिम रोयल्स सँग सहकार्यको हात अगाडी बढाउन पाउँदा सिंगो सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) परिवार र स्वयं आफु पनि अत्यन्तै हर्षित भएको कुरा उल्लेख गर्नुभएको छ ।

साथै  सबैभन्दा धेरै समर्थकहरुको रोजाईमा पर्न सफल यस टिमको अभिन्न अंग हुन पाउनु सलिकोका निम्ति समेत गौरवको भएको बताउनु भयो।

अन्त्यमा; क्षेत्रीले नेपाल प्रिमियर लिगको यस ऐतिहासिक पहिलो संस्करणको उपाधी जीत्नका निम्ति सुदुरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ।

प्रकाशित : १४ मंसिर २०८१, शुक्रबार १३:२२ 29 November, 2024 1:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।