धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ ।  

आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन लागिएको हो । 

अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको हो । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

प्रकाशित : ९ मंसिर २०८१, आईतवार ०९:४८