“नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

“नेटा कारको उत्पादन, वितरण र सर्भिसमा समस्या छैन”

काठमाडौं । इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली बजारमा समेत लोकप्रिय नेटा ब्राण्डका गाडी उत्पादन र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । होजोन अटोले प्रेस विज्ञप्ती जारी गर्दै नेटाको उत्पादन र अन्तर्राष्ट्रिय बजारमा भइरहेको वितरणमा कुनै समस्या नरहेको जनाएको हो ।

‘हामी सुनिश्चित गर्न चाहान्छौँ कि नेटाको उत्पादन र अन्तर्राष्ट्रिय वितरणमा कुनै समस्या छैन । नेपालसहित विश्व बजारमा हाम्रा उत्पादनहरूको नियमित आपूर्ति भइरहेको छ ।’

होजोन अटोले नेपालमा सीजी मोटर्ससँगको साझेदारीमा नेपाली बजारमा नेटा कारहरू उत्साहजन रुपमा वितरण भईरहेको जानकारी दिदै नेपाली उपभोक्ताबाट पाएको स्नेहका लागि नेटाकोतर्फबाट आभार व्यक्त गरेको छ । ‘हामी हाम्रा उपभोक्ताको विक्रिपछिको अनुभवलाई धेरै महत्व दिन्छौँ ।

नेपालको आधिकारीक बिक्रेता सिजी मोर्टस मार्फत बिक्री भएका गाडीहरुमा न्युनतम १० बर्ष सम्म स्पेयर्स पार्टस उपलब्ध गराउने प्रतिबद्धता नेटा होजोन अटो चाईनाले ब्यक्त गरेको छ ।

नेपालका केही मिडियामा नेटा सम्वन्धी नकारात्मक समाचार आए लगत्तै होजोन अटोले बिगतका समाचारहरुमा सत्यता नरहेको भन्दै आफ्ना उपभोक्तालाई विश्वसनीय सेवाको प्रतिवद्धतासहित प्रेस विज्ञप्ति जारी गरेको हो ।

होजोन अटोले पछिल्लो समयमा चीनका स्थानीय सरकारी निकायसँग साझेदारी गरेर आफ्नो वित्तिय र व्यवस्थापन पक्षलाई थप बलियो एवं प्रभावकारी बनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

x

प्रकाशित : ८ मंसिर २०८१, शनिबार १८:०९