गरिमा विकास बैंकको १८औं वार्षिकोत्सव सम्पन्न, देशभर विभिन्न कार्यक्रमको आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकको १८औं वार्षिकोत्सव सम्पन्न, देशभर विभिन्न कार्यक्रमको आयोजना



काठमाडौं । गरिमा विकास बैंकले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको यस विकास बैंकले आज मिति २०८१ मंसिर ०७ गते शुक्रवार देशभरी निम्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकले देशका संस्थागत सामाजिक उत्तरदायित्व विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरको छ ।
बैंकले प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंसहित क्षेत्रीय कार्यालयहरू नारायणगढ, पोखरा, बुटवल र कोहलपुरमा पनि रक्तदान कार्यक्रम गरेको थियो ।

त्यसैगरी शाखा कार्यालयहरू इटहरी र बीरगंजमा पनि रक्तदान कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व नै बैंकले जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर /अल्कोहल डिटेक्सन डिभाइस र रंगिन प्रिन्टर प्रदान गरेको छ ।

त्यस्तै, कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान गरेको छ । कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुर्सी, बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी, श्री ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस), जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्याक, श्री रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज र मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण गरेको छ ।

त्यसैगरी श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण र श्री बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण गर्दै वार्षिकोत्सव मनाएको छ ।

त्यसैगरी “स्वस्थ जीवनशैली” का लागि खेलकुद भन्ने नाराका साथ यस विकास बैंकले बोलि अर्थात् मङ्सिर ८ गते शनिबारका दिन गरिमा रोद रेस कम्पिटिसन-२०८१ आयोजना गर्दैछ ।

किर्तिमानी धावक एवं ओलम्पियन बैकुण्ठ मानन्धरबाट उद्घाटन हुने खुल्लातर्फ महिला र पुरुष १० कि.मि. र कर्पोरेट तर्फ महिला र पुरुष ५ कि.मि. दुरीको गरी कुल ४ वटा रोड रेस प्रतियोगितामा विकास बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार पुरस्कार प्रदान गर्नेछ ।

खुल्ला र कर्पोरेट तर्फको रोड प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहनेछ । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : ८ मंसिर २०८१, शनिबार १८:०६