जोय स्टोर र हिमालयन ब्रोकरेजबी सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

जोय स्टोर र हिमालयन ब्रोकरेजबी सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट



काठमाडौं । नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोर र हिमालयन ब्रोकरेज कम्पनीबीच सम्झौता भएको छ। नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री गर्न दुई संस्थाबीच सम्झौता भएको हो।

सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र हिमालयन ब्रोकरेज कम्पनीका उपमहाप्रबन्धक रामचन्द्र रिमालले हस्ताक्षर गरे। सम्झौताअनुसार नेपालको आईफोन आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा हिमालयन ब्रोकरेज कम्पनीका कर्मचारी तथा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउनेछन्।

जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उत्पादन अनुसार हिमालयन ब्रोकरेज कर्मचारी तथा ग्राहकले अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन्।

हिमालयन ब्रोकरेजका कर्मचारी तथा ग्राहकलाई सरल र सुलभ मूल्यमा एप्पलमा उत्पादन उपलब्ध गराउन सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिए। ‘उक्त छुटका लागि कर्मचारीले हिमालयन ब्रोकरेज कम्पनीको परिचयपत्र र टिएमएन एकाउन्ट वा डिपी एकाउन्ट देखाउनुपर्नेछ,’ उनले भने, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलमा सामान उपलब्ध गराउनेछ।’

जोय स्टोर नेपालमा एप्पलको उत्पादन बिक्री गर्ने आधिकारिक बिक्रेता हो। यसले काठमाडौंको ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोनलगायत एप्पलका उत्पादन बिक्री गर्दै आएको छ। जोय स्टोरका प्रबन्ध सञ्चालक शर्मा ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्षसमेत हुन्।

नेपाली उपभोक्तालाई एप्पलमा जेनुयन उत्पादन उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारी बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दि । जो स्टोरले एप्पलका उत्पादन आईफोन, म्याकबुक, एप्पल वाच, एयरपड, हेडफोन र अन्य एसेसरिज बिक्री गर्दै आएको छ।

आफ्ना कर्मचारी तथा ग्राहकलाई एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन एप्पलको आधिकारिक बिक्रेता जोय स्टोरसँग सम्झौता गरिएको हिमालयन ब्रोकरेज कम्पनीका उपमहाप्रबन्धक रामचन्द्र रिमालले जानकारी दिए।

‘हाम्रो उद्देश्य भनेको ग्राहकलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नु हो,’ उनले भने, ‘सोहीअनुरुप हामीले कर्मचारी तथा ग्राहकलाई सामान खरिदका छुटको व्यवस्था सहित एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन आधिकारिक बिक्रेता जोय स्टोरसँग सम्झौता गरेका हौं।’

जोय स्टोरले एप्ललको म्याक बुक, आईप्याड तथा एप्पल वाच खरिदमा दुई वर्षको वारेन्टी उपलब्ध गराएको छ। यसैगरी आईफोनमा दुई वर्षको वारेन्टी र एक वर्षको इन्स्योरेन्स सेवासमेत दिएको छ। त्यसरी फोन तथा म्याकबुक खरिदका लागि ईएमआई सेवा समेत उपलब्ध गराएको जोय स्टोरले जानकारी दिएको छ।

प्रकाशित : ७ मंसिर २०८१, शुक्रबार १३:२५