काठमाडौं । गरिमा विकास बैंक कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।
पहिलो बन्दमुखी योजनाको रुपमा एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट २०८१ साल मंसिर महिना ०५ गते स्वीकृती प्राप्त गरेको हो ।
प्रति इकाई १० रुपैयाँ दरका आउने सो फण्ड १० करोड इकाई विक्री गर्न लागिएको हो ।
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
गरिमा क्यापिटल सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी प्रवाह गर्दै आएको छ ।
गरिमा क्यापिटलका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
Comment