सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो सबैभन्दा धेरै कर तिर्ने रेमिट कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो सबैभन्दा धेरै कर तिर्ने रेमिट कम्पनी



सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिट्यान्स उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/०८० मा रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको हो ।आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिट्यान्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले बिगत १८ वर्षदेखि संसारभरबाट नेपालमा विप्रेषण भित्र्याउँदै आएको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।

प्रकाशित : २ मंसिर २०८१, आईतवार ११:५५