डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलकाे कति ?



काठमाडौं  । डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले मूल्य बढाएको हो ।

भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको आज बसेको सञ्चालक समितिको निर्णयले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । पेट्रोलको मूल्य भने यथावत छ।

नयाँ मूल्य अनुसार डिजेल/मट्टितेल पहिलो वर्गमा १५०.५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ पर्नेछ।

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार २१:१७