बीमा क्षेत्रमा थप योगदानका लागि बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच समझदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा क्षेत्रमा थप योगदानका लागि बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच समझदारी



काठमाडौँ । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र एक्चुरियल सोसाइटी अफ नेपालका अध्यक्ष प्रेक्षा माथेमाले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा यस सम्बन्धी समझदारीपत्र मा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मकढङ्गले कार्य गरी बीमा क्षेत्रमा थप योगदान पु¥याउनका लागि आपसी समझदारी गर्ने लगायतका विषयहरु समेटिएका छन् ।

यसैगरी, प्राधिकरण र सोसाइटीको साझेदारीमा बीमा तथा बीमाङ्कीय विज्ञान सम्बन्धी अध्ययन एवम् अनुसन्धान सम्बन्धी कार्य गर्ने, यससम्बन्धी ज्ञानको आदान प्रदान गर्ने र तालिम, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने उल्लेख छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित थिए ।

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार १५:१८