काठमाडाैं । सगरमाथा लुम्बिनी इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ९५ लाख रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । गत वर्ष भने यसले ५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १४.१२ प्रतिशतले घटेको छ ।
यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १३ करोड ४२ लाख रुपैयाँबाट घटेर ११ करोड ५१ लाखमा झरेको छ । असोजसम्म यसले ३१ करोड १८ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १४.८५ प्रतिशतले थोरै हो । गत वर्ष यसले ३६ करोड ६१ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।
यता, कम्पनीको कमिसनबाट हुने आम्दानी भने २३.४७ प्रतिशततले बढेको छ । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ४१ करोड ६१ लाख रुपैयाँ रहेको छ । सगरमाथा लुम्बिनीको बिमा कोषमा १० अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७० पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने २४१.४ रुपैयाँ रहेको छ ।
Comment