एभरेष्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता



काठमाडाैं । एभरेष्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अलिपेप्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल पे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गज्यू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे तथा यसका अन्र्तकृयात्मक क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेप्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका अन्र्तकृयात्मक क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

अलिपेप्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि नेटवर्क प्राप्त गर्दै, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् ।

अलिपेप्लसको नेटवर्कमा अलिपे चाइना ओसिविसि, Changipay,Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney,Mpay, Tinaba मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित : २६ कार्तिक २०८१, सोमबार ०७:२९