नेपालमा नै पुनर्बीमा सेवा पाएकोमा खुसी छाैँः अध्यक्ष पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

नेपालमा नै पुनर्बीमा सेवा पाएकोमा खुसी छाैँः अध्यक्ष पौडेल

काठमाडौं । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले नेपालमा नै पुनर्बीमा सेवा पाएकोमा खुसी व्यक्त गरेका छन् ।

नेपाल पुनर्बीमाको ११औं वार्षिकोत्सवको कार्यक्रममा शुभकामना व्यक्त गर्दै अध्यक्ष पौडेलले यस्तो धारणा राखेका हुन्। ‘हामीले रिइन्स्योरेन्स गर्न टाढा पुगेर विदेश जान गाह्रो हुन्थ्यो’, उनले भने, ‘तर, नेपालमा नै नेपाल रिइन्स्योरेन्समार्फत पुनर्बीमा गर्न पाउँदा गर्व महसुस हुन्छ।’

नेपाल पुनर्बीमा कम्पनीले स्थापनाको ११ वर्ष पूरा गरेकोमा पनि आफूहरु गर्वान्वित रहेको पौडेलले बताए। ‘हामीले पाउने सेवा ढोकामा नै पाएका छौँ’, उनले भने, ‘अझै धेरै गर्न बाँकी छ। अहिले कम्पनीले नयाँ सीइओ पाएको छ । अझै इन्स्योरेन्स कम्पनीहरुले पुनर्बीमाबाट पाउने सेवा र कम्पनीले दिने साथको कुरामा धेरै पाउने हामीले आशा गरेका छौं । यसमा यहाँहरुले डेलिभरि गर्नुहुनेछ भन्ने विश्वास छ ।’

प्रकाशित : २२ कार्तिक २०८१, बिहिबार १०:०६ 7 November, 2024 10:06 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।