रोयल इन्फिल्ड अन्तराष्ट्रिय इभेन्टको विजेता दिपक शाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

रोयल इन्फिल्ड अन्तराष्ट्रिय इभेन्टको विजेता दिपक शाह



काठमाडौं । रोयल इन्फिल्डको अन्तराष्ट्रिय इभेन्टको विजेता दिपक शाह भएका छन् । र्याली अफ हिमालयाज नाम दिएको उक्त र्यालीमा दिपक शाहले चुनौतिपूर्ण यात्रा पार गर्दै विजयी भएका हुन । त्यस्तै, उक्त र्यालीमा सहभागीहरुलाई हिमाल क्षेत्रका सबैभन्दा खतरनाक र मनमोहक मार्गहरुमा आफ्नो सीप र सहनशीलताको सिमा समेत परिक्षण गरिएको थियो । 

उक्त सफल राइडरका विजेता शाहले उक्त इभेन्टका बारेमा भने, ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयी समेत बनेकोमा गौरवान्वित महसुश गरेको छु । रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चौनौतिपूर्ण भूभागको सामाना गर्नको लागि आत्मविश्वास महसुश गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहान्छु ।’ 

शाहले शुरुदे्खि नै रोयल इन्फिल्ड मोटरसाइकल चलाउँदै आएको बताए । उनका बुबासँग १९८० देखि नै रोयल इन्फिल्ड मोटरसाइकल रहेको बताए । यस कारण उनले रोयल इन्फिल्डप्रति आकर्षण बढेको समेत उनले बताए । दिपक शाहले सन् १०१७ र २०१८ मा समेत रेड डी हिमालयमा भाग लिएका थिए । त्यसैगरि २०२२ मा ¥याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड कयाटागोरीमा सन् २०१८ को रेड डी हिमालय ¥याली अफ चाम्बाको समेत विजयी हुन । 

प्रकाशित : १४ कार्तिक २०८१, बुधबार १५:०१