कस्तो छ मुक्तिनाथ विकास बैंकको वित्तीय प्रदर्शन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

कस्तो छ मुक्तिनाथ विकास बैंकको वित्तीय प्रदर्शन ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २३.१७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६२ करोड ९० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४० करोड ४४ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा १७.७५ प्रतिशतले बढेर ४० करोड ३२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३४ करोड २४ लाख रुपैयाँ थियो। ब्याज आम्दानी बढेर १ अर्ब ११ करोड ७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ४ करोड ४१ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर ३ अर्ब १८ करोड २९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३ अर्ब १७ करोड ९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकले १ खर्ब १० अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.१६ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल १.४९ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १२.९९ रुपैयाँ थियो। पीई रेसियो २६.०१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५४.१० रुपैयाँ रहेको छ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार ११:२८ 23 October, 2024 11:28 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।