लक्ष्मी सनराइज बैंकको खुद नाफामा उछाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लक्ष्मी सनराइज बैंकको खुद नाफामा उछाल



काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफामा उछाल आएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको असोज मसान्तसम्ममा बैंकको नाफा ४२०.५३ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकले १० करोड ३० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बैंकको यस्तो नाफा बढेर ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकले २ अर्ब ६७ करोड २७ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर, बैंकको यो आम्दानी गत आवको सोही अवधिको तुलनामा भने ६.७५ प्रतिशत कमी हो ।

यता, बैंकको इम्पेरमेन्ट चार्ज पनि घटेर १ अर्ब १६ करोड ७९ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । यसरी इम्पेरमेन्ट चार्जमा आएको गिरावटले नै बैंकको खुद नाफामा व्यापाक सुधार देखिएको हो । संचालन नाफामा पनि ४२५.२३ प्रतिशत वृद्धि भई ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ४९ ९ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस पनि ७ रुपैयाँ ३५ पैसा बढेर ९ रुपैयाँ २५ पैसा पुगेको छ । वितरणयोग्य इपिएस भने ६ रुपैयाँ ४३ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा छ ।

समिक्षा अवधमिो बैंकको खराब कर्जा पनि बढेर ५.४४ प्रतिशत पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा १८ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको व्यापारमा भने सामान्य सुधार देखिन्छ । बैंकको निक्षेप संकलन १.६८ प्रतिशत वृद्धि भई ३ खर्ब ३४ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा विस्तार पनि ३.११ प्रतिशत वृद्धि भई २ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार ०७:५१