काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफामा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५१ करोड २१ लाख ४० हजा रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा भने २३.३६ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब २२ करोड ५७ लाख ५४ रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकले ४ अर्ब ११ करोड ८९ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर, बैंकको यो आम्दानी गत आवको सोही अवधिको तुलनामा भने १४.२२ प्रतिशत कमी हो । यता, संचालन नाफामा भने १९.४० प्रतिशत वृद्धि भई २ अर्ब १४ करोड ७४ लाख ९५ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १६ रुपैयाँ ७४ पैसा छ । यो गत आवको सोही अवधिमो तुलनामा भने ३ रुपैयाँ ०३ पैसा वृद्धि भएको हो । वितरणयोग्य इपिएस भने १४ रुपैयाँ १८ पैसा छ । यता, प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।
समिक्षा अवधमिो बैंकको खराब कर्जा पनि बढेर ४.६७ प्रतिशत पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा २६ अर्ब ८० करोड ९० लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंकको व्यापार भने सुधार देखिन्छ । बैंकको निक्षेप संकलन ५.२३ प्रतिशत वृद्धि भई ५ खर्ब १२ अर्ब ९४ करोड ५ लाख रुपैयाँ पुगेको छ । यता, कर्जा विस्तार पनि ७.५५ प्रतिशत वृद्धि भई ३ खर्ब ९७ अर्ब ३५ करोड ८७ लाख १४ हजार रुपैयाँ कायम भएको छ ।
Comment