काठमाडौँ ३० चैत । युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको प्राथमिक सेयर निष्काशनको बाँडफाँड विहिबार गर्ने भएको छ ।
एनआइबियल क्यापिटल लिमिटेड, लाजिम्पाटमा भोलि बिहान ९ बजेबाट सेयर बाँड-फाँड गर्ने तयारी भएको, एनआइबियल क्यापिटल मर्चेन्टका प्रमुख बद्रि प्याकुरेलले जानकारी दिए ।
लिमिटेडले १७ लाख २५ हजार कित्ता सेयर सय रुपियाँ मूल्यमा यहि फाल्गुन १९ देखि २३ गतेसम्म जारी गरेको थियो । यस कम्पनीको सेयरमा माग गरेभन्दा २४ गुंणाबढी लगानीकर्ताले आबेदन दिएका थिए । हाल यस कम्पनीको पूँजीगत खर्च ९७ करोड ७५ लाख रहेको छ भने सेयर जारी भएपछि १ अर्व १५ करोड पुग्ने जनाइएको छ ।
Comment