५ वर्ष पुरानो नगद लाभांश बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । साबिक हिमालयन जनरल र साविक एभरेष्ट इन्स्योरेन्सका केही शेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले कम्पनीले एक सूचना जारी गर्दै ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले तोकेको सो अवधिभित्र पनि लाभांश नलिएको खण्डमा लाभांश कम्पनी ऐन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलवार ११:३२